समाचार

बाँकेमा एक कोरोना संक्रमित पुरुष सहित पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु

कार्तिक१३- नेपालगंज

बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ बर्षीय पुरुषको बिहिबार दिउँसो ३ बजेर ५० मिनेटमा कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । लामो समयदेखि मधुमेहका विरामी उनमा कार्तिक १० गते कोरोना पुष्टि भएको थियो । उनी कात्तिक १० गते नै अस्पताल भर्ना भएका थिए । यो संगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साथै नेपालगन्ज भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *