समाचार

नेपालगञ्ज वडा बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७ सय रकमसहित १० जुवाडे पक्राउ

कार्तिक१३-नेपालगंज

नेपालगञ्ज वडा नं. ४ बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७ सय रकमसहित १० जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लाका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परको जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए । सामूहिकरुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *