समाचार

दशैंको मुखमा रोजगारीका लागि भारत जानेहरुको नेपालगन्ज सीमानाकामा प्रत्येक दिन लर्को

कार्तिक०५-नेपालगंज

दशैंको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपालगन्जको सीमानाका जमुनहामा प्रत्येक दिन लर्को लाग्ने गरेको छ । विगतका वर्षमा यतिबेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ । यहाँस्थित नेपाल भारत नाका जमुनाह ईलाका प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले दशैं शुरु भैसके पनि कमाउन भारत जाने नेपालीहरुको अहिले दिनदिनै नाकामा लर्को लाग्ने गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *