समाचार

आजसम्मकै एकदिनको सर्वाधिक कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कार्तिक०५-नेपालगंज

बाँकेमा बुधबार थप ५२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ जना महिला कोरोनामुक्त भई घर फर्केका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या २ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । अब आइसोलेशनमा बाँकेका ५ सय ४७ र अन्य जिल्लाका १६ गरी ५ सय ६३ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ । साथै विगत २४ घण्टाको अवधिमा देशैभर थप २६ जनाको कोभिड—१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार नेपालमा अहिलेसम्म ७ सय ९१ सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा ५,७ सय ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आजसम्मकै एकदिनको सर्वाधिक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *