समाचार

बाँकेमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन २५ प्रतिशतले वृद्धि

कार्तिक०४-नेपालगंज

नेपालमा धानको आगी पकेट माािएको क्षेत्र बाँके जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइ सुविधा बढेपछि समयमै रोपाइँ सकिएको र उन्नत जातको बीउ पनि बढी प्रयोग गरिएकाले गत वर्षभन्दा धेरै बढी उत्पादन भएको हो । गत वर्ष प्रतिहेक्टर ३.४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष भने ४.४ मेट्रिक टन उत्पादन भएको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको यस वर्ष समयमै वर्षा भएको र सिक्टा सिँचाइ आयोजनाले करिब १५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याएकाले उत्पादन वृद्धि भएको हो । गत वर्ष बाँकेमा एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष एक लाख ६० हजार मेट्रिक टन उत्पादन भएको छ । यो वर्ष सबै कुरा अनुकूल भएपछि उत्पादन उल्लेख्य मात्रामा बढेको हुँदा जिल्लाका अधिकांश किसान खुसी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *