समाचार

एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक०४-नेपालगंज

भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षणमा ठुलो सँख्यामा संक्रमितहरु भेटिएका छन । अस्पतालले मंगलबार साँझ जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै भन्दा धेरै बाँकेका रहेका छन । पछिल्लो २४ घण्टामा ३१७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र बिभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालमा हालसम्म ४५ हजार ४ सय १८ जनाको कोरोना परिक्षण गरिएकोमा आज ७२ जना थपिएसँगै ३ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *