समाचार

बाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका एक छात्रा विद्यालय, क्याम्पस बनाउने

कार्तिक ३-नेपालगंज

बाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पस बनाउने गरी काम अगाडि बढाईएको छ । पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका र नेपालगंज उपमहानगरपालिकामा काम भईरहेको छ । जानकी र खजुरा गाउँपालिकाको कार्यक्रम प्रस्ताव प्रक्रिया मै रहेको छ । छात्रा विद्यालय र कलेज संञ्चालन व्यवस्थापनका लागी जिल्ला समन्वय समितिले त्यहाँको आवाश्यकता बमोजिम ७५ प्रतिशत रकम र संम्बन्धित पालिकाले २५ प्रतिशत रकम ब्यवर्होने गरी कार्यविधि रहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले जानकारी दिनुभयो । अहिले काम भईरहेको पालिका नेपालगंजमा ४ करोड र राप्तीसोनारी गाउँपालिकामा ९० लाख रुपैंया जिल्ला समन्वय समितिले उपलब्ध गराएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *