समाचार

बाँके सहित देशभर हालसम्म संक्रमणवाट ज्यान गुमाउनेको संख्या ७ सय ३९

कार्तिक २-नेपालगंज

नेपालगञ्जको भेरी अस्पतालमा बर्दिया ठाकुरबाबा–६ का कोरोना संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आईतबार बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना संक्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सख्या १४ पुगेको श्रेष्ठले बताए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो । साथै देशैभर आज थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । संक्रमित मध्ये निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *