समाचार

बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमित मृतकको दर बढ्दो

कार्तिक१-नेपालगंज

बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमित मृतकको दर बढिरहेको खुलासा भएको छ । शुक्रबार राती नेपालगञ्जका दुई कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको दर बढिरहेको खुलासा भएको हो । नेपालगञ्ज १९ कारकाँदोका १८ बर्षीया एक युवती र नेपालगञ्ज १० भृकुटीनगरका ६१ बर्षीय एक पुरुषको उपचारकै क्रममा शुक्रबार रातीी मृत्यु भएको हो । युवतीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित दुबैलाई उपचारका क्रममा एन्टिबायोटिक्स, रेम्डेसिभर, भेन्टिलेटर, प्लाज्मा थेरापी लगायत सबै प्रकारको अन्य सपोर्टिभ उपचार गर्दा गर्दै उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *