समाचार

बाँके लगायत देशभर शुक्रबार मात्र कोरोनावाट थप २१ जनाको ज्यान गयो

असोज३०- नेपालगंज

बाँकेमा शुक्रबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यसैबीच, बाँकेमा शुक्रबार थप १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ८० पुगेको फोकलपर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेसनमा ६ सय १२ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ भने २७ जनाको मृत्यु भइसकेको छ । देशभर शुक्रबार मात्र कोरोनावाट थप २१ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *