समाचार

जनमत ले डुडुवा मा गाउँ कमिटी गठन गर्यो

नेपालगन्ज २८असोज – बाँके को डुडुवा-६ कालाबन्जर गाउँको जनमतसंघ को १७ सदस्यीय रहने गरि गाउँ कमिटी गठन गरिएको छ। राधेश्याम बिश्वकर्माको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिमा एक संयोजक बाँकी सबै जना सदस्य रहने जानकारी डुडुवा गाउँपालिका अध्यक्ष अव्दुल वाहिद शेषले जनाएका छन। सदस्यद्वय- मेराज दर्जि, दिलदार दर्जि, हनिफ दर्जि, मो.सफिक शाह, जाबिर दर्जि, अशोक धोबी, इफराद अलि, अनिश दर्जि, जुमाई दर्जि लगायतका सदस्यहरु रहेका छन।आजको कार्यक्रममा विद्यार्थी जनमत संघ बाँकेका अध्यक्ष रियाज अंसारी, डुडुवा गाउँपालिका सदस्य फारूक हासमी, युवा जनमत संघ बाँकेका सदस्य राजू अंसारी, नेपालगन्ज -२३ का सचिव मोनू खाँन, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर लगायतका नेताहरुको सहभागिता रहेको थियो। नवनियुक्त कमिटीका पदाधिकारीहरुलाई जनमत पार्टीका नेता इरफान शेषद्वारा १ घन्टा सम्म संगठन सम्बन्धि प्रशिक्षण समेत गराएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *