समाचार

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ७३पुग्यो

असोज२७- नेपालगंज

बाँकेमा मंगलबार थप २६ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ७३ पुगेको फोकलपर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा कोरोना संक्रमित विरामी निको हुने दर ७६ दशमलव ७६ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ४१ जना छन् । बाँकेमा हालसम्म २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि हुँदा २६ जनाको भने मृत्यु भइसकेको छ । साथै देशैभर कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए । उनका अनुसार, संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर फर्किएका छन् भने कोरोना संक्रमणबाट ६ सय ६३ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *