समाचार

शहरी क्षेत्रमा सवारी साधनको अब ब्याबस्थापन मा सुधार आउँछ – भण्डारी

नेपालगञ्२६ असोज – बाँकेको शहरी क्षेत्र लाई ब्यबस्थित र दुर्घटनामुक्त बनाउन बाँके ट्राफिक ले नयाँ रणनीति अपनाउने जानकारी दिइएको छ ।बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले आज नेपालगन्ज मा पत्रकार सम्मेलन गरि जान जानकारी दिनु भएको हो ।

“कुनै एक दिनमा कुनै एक अभियानमा मात्र केन्द्रित रहँदा परिणाम ल्याउन सकिन्छ भन्ने लागेर यो अभियान सञ्चालन गर्दैछौं,” प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–“उदाहरणका लागि मापसे चेक गर्ने दिन हामी जिल्लाभर एकै समयमा हाम्रा १३ वटै युनिट खटिएर एक साथ चेकजाँच गर्छौैं ।” उहाँले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने कार्यमा ट्राफिक प्रहरी केन्द्रित हुने बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरणदेखि व्यवस्थित पार्किङ आफ्नो प्राथमिकतामा रहेको भन्दै भण्डारीले बाहिरी जिल्लामा छुट्ने सवारी साधनलाई अब बसपार्कबाट मात्र छुट्ने दिइने बताउनुभयो । पुष्पलाल चोकबाट प्रवेश गरी बाइबास हुँदै कारकाँदो चोकबाट मात्र निस्कने दिइने उहाँले बताउनुभयो । नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन टाउको दुःखाईको विषय बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख भण्डारीले त्यसको व्यवस्थापनका लागि सबै पक्षसंग सल्लाह र समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

“एकदमै ड्राष्टिक चेन्ज ल्याउँछु त म भन्दिनँ तर केही न केही परिवर्तन देखिने गरी काम गर्छु,” भण्डारीले भन्नुभयो ।परिचयात्मक कार्यक्रममा नेपालगन्ज ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी नायब निरीक्षक  सिद्दी गणेश शाह, नेपालगन्ज बसपार्क ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक भरत पौडे,ट्राफिक प्रहरी हवल्दार तप्त थापा लगायत  अन्य ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो।

ले परिणाममुखी गतिविधि सञ्चालन गर्ने उद्देश्य अनुरुप एक दिन एक अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

“कुनै एक दिनमा कुनै एक अभियानमा मात्र केन्द्रित रहँदा परिणाम ल्याउन सकिन्छ भन्ने लागेर यो अभियान सञ्चालन गर्दैछौं,” प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–“उदाहरणका लागि मापसे चेक गर्ने दिन हामी जिल्लाभर एकै समयमा हाम्रा १३ वटै युनिट खटिएर एक साथ चेकजाँच गर्छौैं ।” उहाँले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने कार्यमा ट्राफिक प्रहरी केन्द्रित हुने बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरणदेखि व्यवस्थित पार्किङ आफ्नो प्राथमिकतामा रहेको भन्दै भण्डारीले बाहिरी जिल्लामा छुट्ने सवारी साधनलाई अब बसपार्कबाट मात्र छुट्ने दिइने बताउनुभयो । पुष्पलाल चोकबाट प्रवेश गरी बाइबास हुँदै कारकाँदो चोकबाट मात्र निस्कने दिइने उहाँले बताउनुभयो । नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन टाउको दुःखाईको विषय बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख भण्डारीले त्यसको व्यवस्थापनका लागि सबै पक्षसंग सल्लाह र समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

“एकदमै ड्राष्टिक चेन्ज ल्याउँछु त म भन्दिनँ तर केही न केही परिवर्तन देखिने गरी काम गर्छु,” भण्डारीले भन्नुभयो ।बिगत भन्दा बाँके मा सवारी साधनको को ब्याबस्थित हुने बिस्वास गरियको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *