असोज२६-नेपालगंज
क्लाकारिता भन्ने बित्तिकै अहिलेको समयमा बढी ध्यान जाने भनेको नै धेरै जसो म्यजिक भिडियोमा जाने गर्छ र पछिल्लो समयको बिसम परिस्थितीमा पनि बिभिन्न म्यजिक भिडियोहरु आउने क्रम जारी रहेको छ । त्यसै क्रममा संचारकर्मी तथा मोडल राजेश बिसीको अभिनयमा रहेको पलासको फुलसरि भन्ने बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यस गीतमा गायक द भोईस अफ नेपाल सिजन १ का बिजेता सिडि बिजय अधिकारिको आवाज तथा उनकै संगित रहेको छ। कोपिला घिमिरेको शब्द रहेको गीत सिडियम म्युजिक क्रियसनको प्रस्तुती हो ।उक्त भिडियो माया प्रेम सङगै निसन्तान दम्पतीको कथामा आधारित पारेर निर्माण गरिएको निर्माण टीमले जनाएको छ । गीतमा अभिनय राजेश बिसी बुढाथोकी, बिश्वास बस्नेत र सरला शाही को रहेको छ भने निर्देशन तथा परिकल्पना प्रमोद डिजी को रहेको छ । भिडियोको छायाँङ्कन केसर पाहाडि ले गरेका हुन र सम्पादन राम प्रकाश महतोको रहेको छ । बाँके जिल्लाका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको यो भिडियो कस्तो बनेको छ,भन्ने कुरामा सम्पुर्ण टीमले हेरेर प्रतिक्रिया र माया गरिदिन हुन आग्रह गरेका छन्।
