समाचार

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७

बाँकेमा सोमबार थप ३८ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा कोरोना संक्रमण निको हुने दर ७६ दशमलव ८० प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ३२ जना छन् । बाँकेमा हालसम्म २ हजार ४ सय ५ जनामा कोरोना पुष्टि हुँदा २६ जनाको मृत्युु भइसकेको छ । यस्तै देशैभर सोमबार ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशैभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ६ सय ४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २ सय ७७ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *