समाचार

बाँकेमा ढाई घण्टाको अन्तरालमा कोरोना संक्रमित दुई जनाको मृत्यु

असोज२४-नेपालगंज

बाँकेमा ढाई घण्टाको अन्तरालमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको ढाई घण्टाको अन्तरालमा मृत्यु भएको हो । दाङ घोराही–३, गोग्ली निवासी १५ वर्षिय बालकको गएराती नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । दुबैतिरको फोक्सोको निमोनिया भइ ती बालकको मृत्यु भए लगत्तै ढाई घण्टा पछि भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके कोहलपुर नगरपालिका वडा नम्बर–९ पिपरी निवासी ३८ वर्षिय पुरुषको राती नै मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले जनाएकोछ । यो सगैं बाँकेमा कोरोना संक्रमित ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *