समाचार

अनशनरत डा.गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न नागरिकस्तरबाट दबाव शुरु

असोज २४-नेपालगंज

अनशनरत डा.गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न नागरिकस्तरबाट दबाव शुरु गरिएको छ । यसअघि बिभिन्न समयमा डा.केसीसंग वार्ता गर्नुपर्ने भन्दै ज्ञापनपत्र लगायतका दबाब कार्यक्रम गर्दै आएका बाँकेका नागरिक अगुवाले माग सम्बोधनका लागि दबाव शुरु गरेका हुन् । उनीहरुले दबाब स्वरुप शनिबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म अनिश्चितकालीन रिले अनशन शुरु गरेका थिए । दबाब समुहका संयोजक अधिबक्ता विश्वजित तिवारी, बल बहादुर चन्द, जगदम्बा पाठक, पत्रकार जयसिंह केसी, युवा नेता तथा व्यापारी ललित रौनियार र शिक्षक कृष्णदेबी पाण्डे अनशनमा बस्नुभएको छ । डा. केसीले उठाएको ६ बुंदे माग तत्काल पुरा गर्नुपर्ने भन्दै समुहले सबै क्षेत्रमा माफियाहरुकै बोलबाला रहेकोले आन्दोलनमा स्वस्र्फुत रुपमा सहभागी हुन सबैलाई आव्हान गरेको छ । स्वास्थ्य, शिक्षा र सुशासनका बिषयमा जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा.केसीले गत २७ दिनअघि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमाण्डौको त्रिभुवन युनिभर्सिटी, टिचिङ्ग हस्पिटलमा आमरण अनसनमा बसेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *