समाचार

बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्या बढ्दो क्रममा

असोज २२-नेपालगंज

बाँकेमा कोरोनाका सिकिस्त विरामी बढ्न थालेका छन् । जिल्लामा हाल २४ जना सिकिस्त विरामीको उपचार भइरहेको छ । नेपालगञ्जको भेरी अस्पतालमा १२ र कोहलपुर शिक्षण अस्पतालमा १२ जना सिकिस्त विरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेरीमा ५४ जना मध्यम र १ जना सामान्य विरामी उपचारार्थ भर्ना छन् । त्यस्तै कोहलपुर शिक्षण अस्पतालमा ३६ जना मध्यम र २६ जना सामान्य विरामीको उपचार भइरहेको छ ।साथै पछिल्लो २४ घण्टामा देशैभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशैभर कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५ सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *