समाचार

बाँकेमा मंगलवार मात्र ६६ जनामा कोरोना पुष्ठि

नेपालगन्ज ,२० असोज – बाँके मा आज मंगलवर मात्र ६६ जना कोरोना संक्रमीत पुष्ठि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार आज भेरी अस्पतालको प्रयोगशालामा गरिएको  परिक्षणमा ३६ जनामा , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा  २० जनामा  र  बागेश्वरी डाइग्नोष्टिक सेण्टरमा गरिएको परीक्षणमा १० जना गरेर ६६ जनामा  कोरोना पुष्टि भएको हो ।

आज देखिएका २५ महिला र ४१ पुरुष गरेर  ६६ सहित बाँकेमा कोरोना संक्रमणको सङ्ख्या राति   ८:०० बजेको अपडेट अनुसार  २ हजार  १ सय ८६ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या बाँके जिल्लाका  २१ जना र बाहिरी जिल्लाका बाँकेमा उपचार गराउदा गराउदै मृत्यु हुनेको सङ्ख्या ९  रहेको छ ।

एकतातिर बाँकेमा दिन प्रतिदिन कोरोना संक्रमणको सङ्ख्या  बढिरहेको छ भने कोरोना भाइरस (कोभिड १९) लाई  जितेर घर फर्कनेको संख्या पनि उत्तिकै छ । आज २३ जना घर फर्किए संगै आज सम्म बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या  १ हजार ६ सय  ७३ जना  रहेका छन् भने ४ सय ९२ जना जिल्लाको विभिन्न आइसोलेसना सेन्टरहरुमा उपचारार्थ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *