समाचार

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद द्धारा प्रदेश ५नं सभाको बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी तोडफोड

बुटवल ,१९ असोज – प्रदेश न ५ को प्रदेशसभाको बैठक मंगलबार सम्मका लागि स्थगित भएको छ । प्रदेश सरकारले पेश गरेको भालुवाङ स्थायी राजधानी राख्ने प्रस्तावमाथि छलफल सुरु भएर केही सांसदले भाग लिएपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि दिँउसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गर्नु भएको थियो । बैठकमा प्रस्ताव पेश गरेसँगै प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी तोडफोड गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *