समाचार

देशैभर सोमबार २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिए

असोज १९- नेपालगंज

बाँकेको विभिन्न्न आइसोलेसनमा रहेका थप ४८ जना कोरोना संक्रमित सोमबार संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ५० पुगेको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा कोरोना संक्रमणवाट अहिलेसम्म २० जनाको मृत्युु भइसकेको छ ।साथै देशैभर सोमबार २ हजार ४ सय ४० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, नयाँ थपिएका संक्रमित समेत देशभर संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । संक्रमितमध्ये ६५ हजार २ सय २ जना निको भएर घर फर्किएका छन् भने ५ सय ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *