समाचार

बाँकेमा फेरी दई जना कोरोना संक्रमितको मृत्यु

असोज १८-नेपालगंज

दैलेखबाट उपचारका लागि कोहलपुर आएका दैलेख नारायण नगरपालिका ८ का ५१ वर्षिय पुरुषको मृत्यु भएको छ । आन्द्राको समस्या भएका उनलाई असोज १८ गते कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पतालमा भर्ना भई उपचार गरिरहेका ति पुरुषलाई कोहलपुर रिफर गरिएको थियो । आन्द्रा फुटेका ति ब्यक्तिको अवस्था जटिल बन्दै गएपछि रोगको प्रकृति अनुसार गर्नुपर्ने सबै उपचार बिधि अपनाउँदा अपनाउँदै बिरामीको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ति पुरुषको आज दिउँसो मृत्यु भएको हो ।
साथै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कञ्चनपुरकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार महेन्द्रनगर नगरपालिका २ की २९ वर्षकी सुत्केरी महिलाको आईतबार बिहान निधन भएको हो । उनलाई गर्भावस्थादेखि नै रक्तश्राव भएको थियो । ३३ हप्तामा पहिलो पटक सुत्केरी भएपछि पनि रक्तश्राव भएकी ती महिलालाई असोज १३ गते कोरोना संक्रमण भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *