समाचार

बाँकेमा कोरोना महामारीबाट थप एक पुरुषको मृत्यु सँगै जम्मा संख्या २० पुग्यो

बाँकेपोष्ट सम्बादाता
असोज १७-नेपालगंज

बाँके जिल्लामा कोरोना महामारीबाट शनिबार थप एक पुरुषको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरका ६० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा साँझ कोरोनाबाट मृत्यु भएको हो । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उहाँलाई एन्टिबायोटिक्स र रेम्डिसिभिर लगायतका उपचार विधि अपनाउँदा पनि मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।साथै बाँके जिल्लामा थप ४२ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २३ पुरुष र १९ महिला डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *