समाचार

बाँकेमा २५ बर्षीया युवतीको कोरोना संक्रमणका कारण मुत्यु

बाँके पोष्ट सम्बादाता
असोज१६- नेपालगंज

बाँकेमा शुक्रबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेकी नेपालगन्ज वडा नं. ९ बाँकेगाउकी २५ वर्षिय युवतीको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिनुभएको थियो । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उहा त्यसैदिन अस्पताल भर्ना हुनुभएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
यसैविच भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको स्वाव परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *