समाचार

चिकित्सक सहित कोरोना संक्रमणका कारण बाँकेमा तिन जनाको मृत्यु

बाँके पोष्ट सम्बादाता
असोज १५,नेपालगंज

बाँकेमा दिन प्रतिदिन कोरोनाका कारण ज्यान गुमाउने संख्या बढ्दै गएको छ । यसै क्रममा बिहिबार मात्र एक चिकित्सकसहित तीन जनाको कोरोना भाइरस संक्रमणवाट मृत्यु भएको छ । नेपालगन्जको भेरी अस्पातलमा कार्यरत वरिष्ठ चिकित्सक हरि सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ साथै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराई रहेका कोरोना संक्रमित नेपालगञ्ज उप–महानगरपालिका–४ का ५२ वर्र्षिय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ वर्र्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लाका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज–४ का पुरुषको असोज १० गते कोरोना परीक्षणका लागि स्वाव संकलन गरी १२ गते उनको रिपोर्ट पोजेटिभ आएपछि सोहीदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।उनलाई रेमडिसिभिर औषधि समेत दिई उपचार गर्दा पनि बिहीबार बिहान साढे ५ बजे उपचारकै क्रममा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिए । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो ।
यस्तै शारिरिक रुपमा घाइते भएर उपचारका लागि ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलामा कोरोना संक्रमण देखिएपछि उपचारको लागि अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा बिहीबार बिहान १ बजे मृत्यु भएको छ ।गएको असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको उनी दम र मृगौला रोगबाट पीडित थिइन । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ भने बाहिरी जिल्लाबाट आइ भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *