समाचार

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु

नेपालगन्ज ,१३असोज –

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको आज बिहान साढे तीन बजे मृत्यु भएकोे स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । यस्तै शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर–१० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज बिहान सवा चार बजे मृत्यु भएको हो । मृतकहरुको शव आजै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए । नेपालगन्जको भेरी अस्पताल र बागेश्वरी डायगोनोष्टिक ल्याबमा गरिएको कोरोना परीक्षणमा २३ जना नया संक्रमित थपिएका छन ।मंगलबार दिउँसो जारी गरिएको विवरण अनुसार, पछिल्लो २४ घण्टामा गरिएको स्वाब परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । ४ वर्षिय बालिकादेखि ६० वर्षिय पुरुषसम्मलाई कोरोना भाइरसको संक्रमण देखिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *