समाचार

कोरोना संक्रमणवाट बाँकेमा एक महिलाको मृत्यु

नेपालगन्ज ,१२ असोस- बाँके को भेरी अस्पतालका दुई जना ल्याब टेक्निशियनसहित २९ जना कोरोना संक्रमित सोमबार निको भइ घर फर्किएका छन् । फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनीहरुलाई भदौ २९ गते विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ । कोरोना संक्रमणवाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । होम आइसोलेशनमा बसेकी जाजरकोट जुनीचाँदी वडा नं. ५ की ७६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमबार दिउँसो मृत्यु भएको हो । सिकिस्त विरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यसैबीच, देशभर आज थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ भने निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । डा. गौतमका अनुसार, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *