समाचार

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु, १० जनामा कोरोना संक्रमण पुष्टि

असोज ९,नेपालगंज

बाँकेमा शुक्रवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र ७ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहित नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ८ तथा जानकी र खजुरा गाँउपालिकाका एक÷एक जना रहेका छन । यसैगरी, देशैभर कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ भने ५१ हजार ८ सय ६६ जना निको भएका छन् । साथै बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनी निवासी ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहिवार राती २ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *