समाचार

बाँकेस्थित तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि

बाँकेस्थित तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहिबार ३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सबै संक्रमित बाँके कै रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । साथै बाँकेका विभिन्न आइसोलेसनबाट १९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १५ पुरुष र ४ महिला डिस्चार्ज भएका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनबाट ७, भेरी अस्पतालको आइसोलेसनबाट ५, होटल सिटी प्यालेस आइसोलेसनबाट ४ र होटल न्यू इन्द्रेणीको आइसोलेसनबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा संक्रमित डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *