असोज ८,नेपालगंज
दशगजा क्षेत्रबाट नेपाल ल्याइदै गरेको अबैध सामान सहित मोटरसाईकल शसस्त्र प्रहरीले बरामद गरेको छ । शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारबाट गएको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसरी नजिक दशगजाबाट तस्करले यूपी ४० एच ३१९० को पल्सर मोटरसाईकलमा कम्प्रेसर १ थान, फोर्स वियरिङ्ग, एक्सल तथा विभिन्न सागसब्जीको बीउसहितको सामान नेपाल भित्रर्याउदै गर्दा बरामद गरिएको शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारले जनाएको छ ।
