समाचार

बारबर्दिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु

असोज ७,नेपालगंज ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत ३९ बर्षिय वडा अध्यक्षको आज बिहान निधन भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, निमोनिया पीडित ती वडा अध्यक्षलाई गत भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । बिरामीको अवस्था जटिल बन्दै गएपछि कोरोनाको उपचारका लागि आवश्यक सबै उपाय अवलम्वन गर्दासमेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । साथै बाँकेमा बुधबार २८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ जना, कोहलपुर शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ९ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा ३ जनामा कोरोना पुष्टि भएकोस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *