समाचार

भेरी अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर थापा सहित २९ जनामा कोरोना संक्रमण

असोज ६,नेपालगंज ।

नेपालगन्जको भेरी अस्पतालका दुई चिकित्सक सहित २९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२, बर्दियाका १६ र कैलाली लम्कीचुहाका १ जना जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा र अर्का एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । साथै बर्दियाको बारबर्दिया, गुलरीया, राजपुर र गेरुवाका १६ जनामा समेत संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *