असोज ६,नेपालगंज ।
चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसनरत अभियन्ता डा.गोविन्द केसी एक रात भेरी अस्पतालमा उपचार गरेर मंगलबार मध्यान्न सवा १२ बजेतिर काठमाडौं प्रस्थान गर्नुभएको छ । बुद्ध एयरको उडानवाट जानु भएका डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन जारी राख्ने उहाँका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।
