समाचार

बाँकेमा कोरोना संक्रमितको हालसम्मको संख्या १ हजार ५ सय ९९

असोज ४,नेपालगंज

बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आईतबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । बाँकेको कुल कोरोना संक्रमित संख्या एक हजार ५ सय ९९ पुगेको हो ।
यसैविच बाँकेबाट आईतबार ४१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्लाको विभिन्न आइसोलेशनमा बसेका उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् । भदौं २१ गते भर्ना भएका ८ महिला ३३ पुरुष गरी ४१ जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ४४ पुगेको छ । अब जिल्लाको विभिन्न आइसोलेशनमा अन्य जिल्लाका २ र बाँकेका ३ सय ३६ गरी ३ सय ३८ जना उपचाररत रहेको र १० जनाको मृत्यु भइसकेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *