समाचार

बाँकेमा कोरोना संक्रमितको सँख्या १५७०

असोज ३,शनिबार

बाँकेमा शनिबार गरीएको परिक्षणमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको परिक्षणमा १५ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको परिक्षणमा ८ गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दुबै अस्पतालको ल्यावमा गरिएको परिक्षणमा बाँकेका १७ जना र अन्य जिल्लाका ६ जनामा संक्रमण देखिएको हो । सरकारले सबै अस्पताललाई कोरोना परिक्षणको अनुमती दिएसँगै नेपालगन्ज मेडिकल कलेज कोहलपुरले समेत कोरोना परिक्षण सुरु गरेको छ । यसअघि भेरी अस्पताल नेपालगन्ज र निजि स्तरबाट संचालित वागेश्वरी डाईग्नोष्टिक पोलिक्लिनिक सेन्टरले मात्र बाँकेमा कोरोना परिक्षण गर्दै आएका थिए । आज थपिएका नयाँ संक्रमितसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १५७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *