समाचार

नेपालगञ्ज कारागारका चार जना कैदी बन्दीको कैद मिनाहा

असोज ३ गते,शनिबार

नेपालगञ्ज कारागारका चार जना कैदी बन्दीको कैद मिनाहा भएको छ । शनिबार संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ कैदीबन्दीको कैद मिनाहा गर्दा नेपालगन्ज कारागारका ४ जना परेका हुन् । बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिँह कामी टमटाको कैद मिनाहा भएको जेलर देवेन्द्र श्रेष्ठले बताए । क्षेत्रीलाई ज्यान मार्ने उद्योग र डाँका चोरी, थापा तथा बस्नेतलाई सवारी ज्यान र टमटालाई कर्तब्य ज्यान मुद्दा लागेको थियो । कारागार प्रशासनले पाँच जना जेष्ठ नागरिकको कैद मिनाहाका लागि अनुरोध गरेपनि उनीहरुले माफी पाउन सकेनन् । अधिकांश जेष्ठ नागरिक जबरजस्ती करणीमा जेल परेका हुन् । नेपालगञ्ज कारागारमा हाल ७ सय ८५ जना कैदीबन्दी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *