समाचार

बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

बाँके ,३१ भदौ -भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ११ र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा देशैभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशैभर संक्रमितिको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए । संक्रमित मध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *