समाचार

बाँकेमा शुक्रबार र शनिवार लगाइँदैै आएको निषेधाज्ञा हटाइयो

नेपालगन्ज ३१ भदौ – बाँकेमा शुक्रबार र शनिवार लगाइँदैै आएको निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १२ गते गरेको निर्णय उल्टाउँदै निषेधाज्ञा फुकुवा गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको गति र फैलावटलाई नियन्त्रण गर्न भन्दै केन्द्रले यसअघि शुक्रबार र शनिवार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यो निर्णयको नेपालगञ्ज उद्योग बाणिज्य संघ लगायत नागरिकस्तरबाट व्यापक विरोध भएपछी निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

साथै कोभिड—१९ संक्रमण भएर लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितहरुलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिबेक्षणमा रहने गरी होम आइसालेसनमै राख्ने निर्णय पनि गरेको निमित्त प्रजिअ प्याकुरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *