समाचार

२४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण

प्रमोद डिजी,
नेपालगंज भदौ३०,बाँकेमा मंगलबार ४३ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको परिक्षणमा ४१ र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभर कोरोना भाइरसको संक्रमण बढदै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर फर्किएका छन् भने ३ सय ७१ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
साथै बाँकेमा आज ४२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा बसेका बाँकेका चिकित्सक, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी गरी ४२ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा भेरी अस्पतालका एक चिकित्सक, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी लगायत ४२ जना रहेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *