समाचार

नेपालगन्जको भेरी अस्पतालका दुई जना ल्याब टेक्निसियनसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्जको भेरी अस्पतालका दुई जना ल्याब टेक्निसियनसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा बाँकेका २६ सहित बर्दिया, बैतडी र दैलेखका १÷१ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसो ४ बजे जारी गरेको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण देखिएको हो । साथै बाँकेमा सोमवार ४० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचाररत १६ महिला र २४ पुरुष डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार नाघेको छ । बाँकेमा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ४० रहेको छ भने ४ पुरुष र ४ महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
देशैभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढदै गएको छ । पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभर कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ६० जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *