समाचार

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको सम्पुर्ण सेवा भदौ ३१ गते सम्मका लागि बन्द

नेपालगन्ज ,२८ भदौ – भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको सम्पुर्ण सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको छ । प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले आइतबार एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको बताए । मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि कोभिड १९ को जोखिमलाई नियन्त्रण गर्न कार्यालय आज आइतबारदेखि ३१ गतेसम्मका लागि बन्द गर्नु परेको जनाइएको छ । शनिबार आएको पिसिआर जाँच रिपोर्टमा उक्त कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *