समाचार

बाँके मा आज ४० कोरोना संक्रमीत थपिए

नेपालगन्ज, २७ भाद्र – बाँकेमाआज शनिबार ४० जना कोरोना संक्रमण थपिएको छ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबद्वारा आज शनिबार जारी गरिएको विवरण अनुसार बाँकेको कोहलपुर, नेपालगन्ज, र बर्दियाका कोरोना संक्रमित देखिएको जनाइएको छ ।

जिल्लामा १ हजार ४ सय ४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ८५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ११ जना रहेको फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.१६ रहेको छ भने बिरामी मृत्यु दर ०.५७ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२३ प्रतिशत मात्र रहेको समेत जानकारि दिनु भएको भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *