समाचार

नेपालगन्ज त्रिभुवनचोकको श्रम बजार रामलिला मैदानमा

नेपालगन्ज,२७भदौ – त्रिभुवनचोकको श्रम बजार रामलिला मैदानमा सारिएको छ । अबदेखि काम खोज्ने श्रमिक र श्रमिक खोज्नेहरु रामलिला मैदानमा जानुपर्ने छ । त्रिभुवनचोकको साँघुरो ठाउँमा दैनिक ठूलो संख्यामा श्रमिहरु काम खोज्दै आउने गरेका छन् । त्यसरी काम खोज्न आएका श्रमिक वा अरु समेत साँघुरो ठाउँ हुनाले कोरोनाको जोखिम बडेपछि खुल्ला ठाउँ खोजिएको छ । रामलिला मैदानमा सामाजिक दुरी कायम गरिने छ भने प्रहरीको सहयोग लिएर व्यवस्थापन गरिने छ । स्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले कोरोना सर्ने जोखिम कम गर्नका लागी त्रिभुवन चोकमा बिहान हुने भिडभाडको भबिष्यको ब्यबस्थापन सहित समाधान खोजिएको बताए । त्यसको समाधान भनेको उच्च सतर्कता सहित रामलिला मैदानमा श्रम बजार सार्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *