समाचार

कोरोना संक्रमणबाट एकै दिन दुई जनाले ज्यान गुमाए

कोरोना संक्रमणबाट बाँकेमा मंगलबार एकै दिन दुई जनाले ज्यान गुमाएका छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थए एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । फोक्सोको निमोनियाबाट ग्रसीत महिलाको स्वास्थ्यमा समस्या देखिएपछि भदौ २१ गते मेडिकल कलेज नेपालगन्जमा भर्ना गरीएको थियो । उपचारकै क्रममा २२ गते स्वाव संकलन गरेर कोरोना परिक्षण गराउँदा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपी संक्रमण पुष्टि हुनु भन्दा पहिले नै आज बिहान महिलाको मृत्यु भईसकेको श्रेष्ठले जानकारी दिए । यसअघि आजै बिहान अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *