समाचार

बाँके स्थित खजुरा क्यान्सर अस्पताल शिल

खजुरा,२२भदौ – खजुरा स्थित सुशील कोइराला क्यान्सर असपताल मा कार्य रत दुई चिकित्सक लाई कोरोना पुष्ठि भए पछि शिल गरिएको छ ।चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ ।
अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, २ जना चिकित्सक, ३ जना प्रशासन शाखाका कर्मचारी, १ जना नर्स र ५ जना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको थियो । अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् ।
उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कर्मचारी कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *