समाचार

बाँकेको खजुरा गाँउपालिकामा सोमबार देखि निषेधाज्ञा

बाँकेको खजुरा गाँउपालिकामा सोमबार देखि निषेधाज्ञा जारी गरिएको छ । गृहमन्त्रालयको पत्रानुसार सोमबार राती १२ बजेदेखि भदौ २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार, खजुरा क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएपछि गाँउपालिकाको अनुरोधमा निषेधाज्ञा जारी गरिएको हो । खजुरा क्षेत्रमा पर्ने नेपालगञ्ज—गुलरिया सडकखण्डको कपास विकास समितिदेखि विपि प्रतिक्षालयसम्मको सडकदेखि दायाँबायाँ ५ सय मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालन तथा हिँडडुलमा समेत प्रतिवन्ध लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *