समाचार

दुई चिकित्सकसहित १० जनामा कोरोना पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सील

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सील गरिएको छ । अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, अस्पतालमा कार्यरत दुई चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको हो । संक्रमण हुनेमा दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगी रहेका छन् । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिएको थियो । अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् । उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *