
नेपालगञ्ज ,२२भदौ – नेपालगञ्ज उपमहानगरपालिकालको जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि उपमहानगरपालिकाले दुःख ब्यक्त गर्दै शोक मनाएको छ ।
उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज एक दिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । भोलिदेखि तीन दिनसम्म कार्यालय शिल गर्ने निर्णय पनि भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ