समाचार

बाँकेमा हरेक साताको शुक्रवार र शनिवार निषेधाज्ञा जारी गर्ने निर्णय

केहि दिनयता कोभिड—१९ को संक्रमण बढ्दै गएपछि बाँकेमा प्रत्येक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञाको निर्णय सँगै भदौ १९ गते र भोलि भदौ २० गते दुई दिन निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जिल्लास्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार, निषेधाज्ञा जारी गरिएको बताए । ‘बैठकले हरेक साताको शुक्रवार र शनिवार दुई दिन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाले अर्को निर्णय नभएसम्मका लागि यही प्रक्रिया अपनाइने छ’—प्रजिअ कुरुम्वाङ्गले भने । प्रजिअ कुरुम्वाङ्गले परिस्थितिको मूल्यांकन गरी दुई दिनको निषेधाज्ञालाई लम्ब्याउन पनि सकिने बताए । बाँके प्रशासनले निषेधाज्ञाको अनिवार्य पालना गर्न जिल्लावासीलाई आग्रहसमेत गरेको छ । निषेधाज्ञाको समयमा अत्यावश्यकीय सेवा बाहेक सबै प्रकारको सेवा र सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको जारी गरिएको सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *