समाचार

८८ वर्षिय पुरुषसहित २४ जना कोरोना संक्रमणवाट मुक्त

बाँकेका विभिन्न आइशोलेशनबाट ८८ वर्षिय पुरुषसहित २४ जना कोरोना संक्रमणवाट मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, ३ महिला र २१ जना पुरूष डिस्चार्ज भएर घर फर्केका हुन । डिस्चार्ज हुनेमा हालसम्मकै संक्रमितहरू मध्ये बढि उमेर भएका एक पुरूषले समेत कोरोना जितेका छन् । बाँकेको कृषि तालिम केन्द्र खजुरा आईसोलेसन सेन्टरबाट ती बृद्वले कोरोना पराजित गरि घर फर्किएका हुन् । ती बृद्व जानकी गाउँपालिका वडा न–३ का बासिन्दा हुन । सोही आईशोलेशनबाट अन्य ५ जना डिस्चार्ज भएका छन् । यसैगरी आजै कौशिल्यानगरस्थित नेपाली सेनाको तालिम केन्द्रबाट १७ जना डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ७ सय ८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *